काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले विश्व महामारी कोरानाले उत्पन्न गरेको असहज अवस्थामा व्यतित बीमालेख नविकरणमा व्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले असहज परिस्थितिलाई ध्यानमा राखि जेठ १० गते देखि ३१ गते सम्म नविकरण शुल्क भुक्तानी गर्ने बीमितहरूका लागि व्याज छुट दिने भएको हो । कम्पनीले निषेधाज्ञा शुरु भएको मिति देखि जेठ ३१ सम्म भुक्तानी गर्नुपर्ने बीमाशुल्कमा विलम्ब भएपनि जरिवाना नलाग्ने जनाएको छ । त्यस अवधिको लागि शत प्रतिशत व्याज छुटको व्यवस्था गरेको छ । यस्तै, दुई वर्षदेखि व्यतित भएको बीमालेखमा ५० प्रतिशत, ३ वर्षदेखि बीमाशुल्क भुक्तिानी गर्न बाँकी रहेकोलाई ४५ प्रतिशत व्याज छुट दिने जनाएको छ । कम्पनीले हाल सम्म तिर्नुपर्ने सबै किस्ताको लागि भने ३५ प्रतिशत व्याज छुट दिने जनाएको छ ।
साथै,कम्पनीले कनेक्ट आईपीएस, खल्ती, इसेवा, प्रभु पे, फोन पे, सेल पे, आईएमई पे लगायतको विद्युतीय माध्यमबाट पनि नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले व्यतित जीवन बीमालेखले जोखिम बहन नगर्ने जनाउदै समयमै आफ्नो बीमालेखको बीमाशुल्क भुक्तानी गरी व्याज छुटको लाभ लिन आग्रह गरेको छ ।