free website hit counter

सोनिकासँग के सम्बन्ध छ पारसको

beemaadmin
२०७६ आश्विन २८, मंगलवार

काठमाडौं । युवती र लागूऔषधका कारण बदना भएका पूर्व युवराज पारस शाह कुनै बेला थाइल्याण्डकी प्रेमिका कन्निका चाइयर्सनसँगको सम्बन्धले निकै चर्चा पायो भने त्यही लागूऔषध काण्डमा परेर चर्चामा आएकै थिए । लागूऔषधको दुव्र्यसनबाट ठूलो विरामी भई नेपाल छिरेका पारस श्रीमती हिमानी शाहसँगको सम्बन्धका कारण पनि चर्चामै रहेका थिए । त्यतिमात्रै होइन, विमानस्थलमा सुरक्षाकर्मीमाथि हातपात गरेका कारण पनि उनको चर्चा निकै चलेको थियो ।
उनै पारस शाह फेरि अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेका छन् । सो भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् । शुभेच्छुकहरु कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् ।
१५ सेकेन्डको यो भिडियोको इन्डिङ अर्कै तरिकाले हुन्छ । अलि परबाट एक सुन्दरी आउँछिन् र सरासर पारसको मोटरसाइलको पछाडि सिटमा बस्छिन् । लगत्तै पारसले आफ्नो बाइक हुइक्याउँछन् । ती युवती यूट्यूवर सोनिका रोकाया । यूट्यूवमा उछृङ्खल र अश्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी हुन। योभन्दा अगाडि पनि एउटा नाइट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाले केही टिकटक भिडियो बनाएकी थिइन् । पारस र हिमानीको सम्बन्ध लामो समयदेखि सम्वन्ध राम्रो छैन । पछिल्लो समय सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । सोनिका जसरी हुन्छ चर्चामा आउन चाहने युवती हुन् । उनले चर्चाकै लागि पारसलाई अस्त्र बनाउन खोजेको पनि हुन सक्ने अड्कल काट्नेहरु पनि कम छैनन् ।

सम्बन्धित समाचार