free website hit counter

स्वास्थ्य बीमाका लागि छुट्याइयो ७.५ अर्ब बजेट

beemaadmin
२०७८ जेष्ठ १६, आईतवार

काठमाडौं । ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दै अघि बढेको सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य बीमा कार्यक्रमलाई ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोज गरेको छ । अध्यादेश मार्फत बजेट सार्वजनिक यस्तो व्यवस्था गरिएको हो । यस्तै सरकारले सबै स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने जनाएको छ । आगामी आर्थिक वर्ष भित्र न्युनतम ५० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रम आवद्ध गराउने योजना पनि प्रस्तुत गरेको छ । सरकारले स्वास्थ्य बीमा बोर्डको क्षमता अभिबृद्धि गर्ने भएको छ । चालु आर्थिक वर्षका पनि सरकारले स्वास्थ्य बीमा कार्यक्रममको लागि ७ अर्ब ५० रुपैयाँ रुपैयाँ नै बजेट छुट्टाएको थियो ।

सम्बन्धित समाचार