free website hit counter

हत्या आरोपमा गाई पक्राउ

beemaadmin
२०७९ असार १, बुधबार

एजेन्सी । दक्षिण सुडानको प्रहरीले १२ वर्षीय बालकको हत्याको आरोपमा एक गाई र त्यसका मालिकलाई पक्राउ गरेको छ। गत साता सुडानको एक फार्मनजिकै गाईले १२ वर्षीय बालकलाई हानेको थियो। सो घटनामा बालकको मृत्यु भएको थियो। अदालतले यस विषयमा गाईलाई नै तीन वर्षको जेल सजाय सुनाएसँगै प्रहरीले गाईलाई पक्राउ गरेको हो।
दक्षिणी सुडानको लेक्स स्टेटमै एक महिनाअघि जनावरको आक्रमणबाट ४५ वर्षीया महिला गम्भीर घाइते भएकी थिइन् र उपचारको क्रममा उनको मृत्यु भएको थियो। उक्त आक्रमणपछि जनावरलाई नै हिरासतमा लिइएको थियो। प्रहरी प्रवक्ताले यो घटनामा मालिकको कुनै गल्ती नभए पनि उसैको जनावरको कारण बालकको ज्यान गएकाले उनलाई पनि पक्राउ गरिएको बताए।
सुडानको नियमअनुसार कनै पनि घरेलु जनावरको आक्रमणबाट कसैको मृत्यु भएमा जनावरलाई पनि मुद्दा चल्छ। कानुनी कारबाही सकिएपछि उक्त जनावर पीडितको परिवारलाई जिम्मा लगाइनेछ।

सम्बन्धित समाचार