काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सिनियर डीसीईओ कमल गौतमले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको कम्पनीले बताएको छ । स्रोतका अनुसार उनको राजीनामा मंगलबारदेखि लागू हुने गरी स्वीकृत भएको छ । यसअघि उनी एभरेष्ट इस्यारेन्सका सीईओ थिए । एभरेष्ट र हिमालयन इन्स्योरेन्सबीच मर्जरपछि उनी वरिष्ठ डीसीईओ बनेका थिए ।