काठमाडौं । हिमालन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिको स्वीकृती भएर आगामी १९ औं साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउनेछन् ।