free website hit counter

हिमालयन बैंकको नाफा बढ्यो

beemaadmin
२०७८ माघ १२, बुधबार

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १३.८० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६५ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्ष ६ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ५१ लाख रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंकले १ अर्ब ६ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ९८ लाख ६४ करोड रुपैयाँ रहेको थियो। यो हिसाबले बैंकको सञ्चालन मुनाफा ७।६६ बढेको छ।
समीक्षा अवधिसम्म बैंकले १ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ८।९१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो ६ महिनाको अवधिमा बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकले रिजर्भको आकार ९.८५ प्रतिशतले बढाएर ७ अर्ब १५ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिसम्मको बैंकको रिजर्भमा ६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले खराब कर्जा (एनपीएल) सुधारमा उल्लेख्य प्रगति गरेको छ। गत वर्ष यही अवधिसम्म २.१३ प्रतिशत रहेको एनपीएल समीक्षा अवधिसम्म घटेर ०.७२ प्रतिशतमा सीमित बनेको छ। सीडी रेसियो ९२.७४ प्रतिशत रहेको बैंकको आधार दर ८।७५ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० १२.२३ रुपैयाँबाट घटेर ११.४७ रुपैयाँमा झरेको छ। पीई रेसियो ४२.२१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५७।०५ र तरलता अनुपात १८.८६ प्रतिशत रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार