काठमाडौं । नियामक निकाय बीमा समितिबाट गत आर्थिक वर्षमै सञ्चालनको अनुमति दिएको हिमालयन रिइन्स्योरेन्सलाई कम्पनी रजिष्ट्रारको कार्यालयले पनि कार्य सञ्चालन अनुमति दिएको छ । कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता भएको बताइएको छ । अब हिमालयन रि–इन्स्योरेन्सले व्यवसाय आरम्भ गर्न पाउनेछ । राष्ट्रपति कार्यालय शितलनिवास अगाडि महाराजगञ्जमा मुख्य कार्यालय स्थापना गरेको हिमालयन रिइन्स्योरेन्सले आवश्यक कर्मचारी नियुक्तिको प्रक्रिया पनि पूरा गरिसकेको बताइएको छ । उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अध्यक्ष रहेको सो कम्पनीमा पुर्व अध्यक्षहरु भवानी राणा, पशुपति मुरारका, नेपाल परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभी दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ ।