काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको निधनपछि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनी खैरेनी शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको हो। कम्पनीले रामग्राम नगरपालिका वडा नं १६ हकुई निवासी स्वर्गिय नरेन्द्र चौधरीको परिवारलाई बीमा वापत १० लाख १९ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका खैरेनी शाखाका प्रमुख दिनेश चौधरी र रामग्राम नगरपालिकाका उप प्रमुख सम्झना चौधरीले संयुक्त रुपमा नरेन्द्र चौधरीको परिवारलाई हस्तान्तरण गरेको हो। दुर्घटनाका कारण मृत्यु भएका नरेन्द्र चौधरीले खैरेनी शाखाबाट पाँच लाखको बीमा गराएका थिए । उनले पहिलो बर्षको किस्ता बापत रु २६७६४ रुपैयाँ तिरेका थिए । सो अवसरमा बोल्दै उप प्रमुख चौधरीले फजुल खर्च घटाइ बीमामा बचत गर्नु उपयुक्त हुने बताए । उनले आफु र आफ्नो परिवारको लागि बीमा गर्न आवश्यक रहेको औल्याए । कार्यक्रममा रामग्राम वडा नं १६ का वडा अध्यक्ष विजय कुमार यादव, एम डि आर टि तथा सिनियर एजेन्सी म्यानेजर राम बहादुर थारु लगायतले आआफ्नो भनाई राख्नु राखेका थिए ।