free website hit counter

हिमालयन हाइड्रोले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

beemaadmin
२०८२ आश्विन १, बुधबार

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्ताव पारित गर्न वार्षिक साधारणसभासमेत बोलाएको छ । सभा, असोज २४ गते, वाटरफ्रन्ट रिसोर्ट, लेक साइड, पोखरामा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आवको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले सभा प्रयोजनार्थ असोज १२ गते एक दिन बुकक्लोज गर्ने भएको छ । तसर्थ असोज ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीले कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउनुका साथै सभामा पनि सहभागिता जनाउन पाउनेछन् ।

सम्बन्धित समाचार