free website hit counter

ह्वात्तै घट्यो सुन

beemaadmin
२०७८ असार ४, शुक्रबार

काठमाडौं। यो साता लगातार जस्तो घटेको सुनको मूल्य साताको अन्तिम कारोबारोको दिन शुक्रबार ह्वात्तै घटेको छ। शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो। यो सँगै सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो। आज तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। विहिबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

सम्बन्धित समाचार