free website hit counter

११ महिनामा निर्जीवन कम्पनीहरूले बेचे २६ लाख बीमालेख

beemaadmin
२०८१ असार १२, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को जेठसम्म निर्जीवन बीमा कम्पनीहरूले २६ लाख बढी बीमालेख बिक्री गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनाको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूले २६ लाख ८ हजार ७९२ वटा बीमालेख बिक्री गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले २५ लाख ३७ हजार ४१६ वटा बीमालेख जारी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीहरूले २।८१ प्रतिशत अर्थात् ७१ हजार ३७६ वटा बीमालेख बढी बिक्री गरेका हुन् । ११ महिनाको अवधिमा विभिन्न ६ वटा कम्पनीको बीमालेख संख्या बढेको छ भने विभिन्न ८ कम्पनीको बीमालेख संख्या घटेको देखिन्छ । समीक्षा अवधिमा गत वर्षको तुलनामा राष्ट्रिय बीमा कम्पनीको बीमालेख संख्या बढेको छ । यस कम्पनीको ३०८.०५ प्रतिशत बढेर २ लाख ५ हजार ३४२ वटा बीमालेख बिक्री गरेको छ । गत वर्षको जेठसम्म कम्पनीले ५० हजार ३२२ वटा बीमालेख बिक्री गरेको थियो । यस्तै शिखर इन्स्योरेन्सको १८.०१ प्रतिशत बढेर २ लाख ८५ हजार ७३२ वटा, नेपाल इन्स्योरेन्सको १२.५९ प्रतिशत बढेर १ लाख ८५ हजार ९६४ वटा, नेको इन्स्योरेन्सको ९।४३ प्रतिशत बढेर २ लाख ७५ हजार ५६५ वटा, प्रभु इन्स्योरेन्सको ३ प्रतिशत बढेर १ लाख १२ हजार ८७६ वटा र दि ओरिएन्टल इन्स्योरेन्सको २.५७ प्रतिशत बढेर ३७ हजार ३०७ वटा बीमालेख बिक्री गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । समीक्षा अवधिमा विभिन्न ८ वटा निर्जीवन बीमा कम्पनीको बीमालेख संख्या गत वर्षको तुलनामा घटेको छ । नेशनल इन्स्योरेन्सको ०.१६ प्रतिशत घटेर ३० हजार ५१२ वटा, आइजिआई प्रूडेन्सियलको ३.७६ प्रतिशत घटेर २ लाख १४ हजार २९१ वटा, हिमालयन एभरेष्टको ४।२५ प्रतिशत घटेर २ लाख २९ हजार ६४० वटा, एनएलजी इन्स्योरेन्सको ५.३८ प्रतिशत घटेर १ लाख ७३ हजार ६१४ वटा बीमालेख बिक्री गरेका छन् । यस्तै, सिद्धार्थ प्रिमियरको १२.११ प्रतिशत घटेर २ लाख ७५ हजार ६०७ वटा, सगरमाथा लुम्बिनीको १४.०६ प्रतिशत घटेर २ लाख ६२ हजार ६५४ वटा, सानिमा जिआईसीको १५.८६ प्रतिशत घटेर १ लाख ३५ हजार २७१ वटा र युनाइटेड अजोडको १८.२० प्रतिशत घटेर १ लाख ८४ हजार ४१७ वटा बीमालेख जारी गरेका हुन् ।

सम्बन्धित समाचार