free website hit counter

२०७७ साल असार २९ गतेदेखि साउन ५ गतेसम्म

beemaadmin
२०७७ असार २९, सोमबार

असार २९ गते भानु जयन्ती । ३१ गते विश्व युवा दक्षता दिवस । श्रावण १ गते संक्रान्ति, लुतो फाल्ने दिन, कामिका एकादशी ।

मेष : साताको सुरुवतमा शुभचिन्तकहरूले बिभिन्न जिम्मेबारी दिलाउनेछन । अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुटनु होला । ठुला किसिमका कार्यहरू सम्मपन्न गर्नु पर्ने हुनाले जटिलता तर्फ ध्यान दिनु होला । गोपनियता अवलम्वन गरेमा सहजता महसुस होला ।

वृष : नयाँ एवं पुराना कार्यको प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्याउने छ । साथीसंगीसगँ नगद रुपैयाको कारोबार गर्दा विवेक पुर्याएर गर्नु पर्नेछ । अध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ । साताको अन्त्यमा बढी दौडधुप हुदाँ हुदाँ स्वास्थमा बिशेष ध्यान दिनु पर्नेछ ।

मिथुन : मेहनतले राम्रै अवसर प्रदान गर्नेछ । विशिष्ट व्यत्तित्वको प्रेरणाले उर्जा प्राप्त भै बुद्धिको उपयोगले समस्या सुल्झाउँन सकिनेछ । पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध सम्बन्ध पुनः सुमधुर बनाउन सकिनेछ । अरुको मन जित्नाले सजिलै सहयोग जुटनेछ । सवारी साधन चलाउँदा ध्यान दिनु पर्नेछ ।

कर्कट : पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाई गर्नले पछि परिनेछ । भविष्यको निम्ति ठोस निर्णय गर्न पारिवारीक मत्त मिल्नेछ । बोलिको मधुरताले आर्थिक संकटलाई परास्त गर्न सक्नु हुनेछ । सवारीसाधन तथा विधुतिय उपकरण संञ्चालन गर्दा होश पुर्याउनु पर्नेछ । हरिया रंगको प्रयोगले थप उर्जा प्रदान गर्नेछ ।

सिंह : रचनात्मक कार्यले हितैषीहरूले मन पराउनेछन् । धैर्य गरी ढिलो निर्णय गरेमा लोभलाग्दो परिणम हात लाग्न सक्छ । योग तथा शाररिक व्यायामले मानसिक तनाबबाट मुत्त भइनेछ । सामुहिक लगानीमा नयाँ कार्यको प्रारम्भ गर्ने मत मिल्नेछ ।

कन्या : रोजगारीका निम्ति अन्तरवार्ताको बोलावाट प्राप्त हुने सभावना छ । प्रतिभा देखाएर समकक्षी माझ फरक अनुभुती दिन सकिनेछ । केहि दिनको अन्तरमा मायालुसँग भेट हुँदा मन प्रफुल्लित हुनेसक्छ । साताको अन्त्यमा परोपकार कार्यमा वृद्ध वृद्धाहरूलाई सहयोग गर्दा आर्शिवाद पाइनेछ ।

तुला : गुणस्तरिय व्यवसाय शुरुआत गर्न साझेदारी बिच मत मिल्ने छ । युवायुवती माझ नौलो चर्चित परिचय दिन सकिनेछ । सघाउन आउने सहयोगीले षड्यन्त्र गर्न सक्छन, सचेतनाले आफनो हित हुनेछ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुदाँ स्वास्थको ख्याल गर्नु पर्नेछ ।

वृश्चिक : घरेलु कार्यमा अल्मलिदाँ महत्वपुर्ण ओझेलमा पर्न सक्छ । अनुभव नभएको व्यवसाय उत्तेजित भै संञ्चालनमा नोक्सान पुर्याउन सक्छ । कार्यक्षेत्रमा अनुशासित भै काम गर्दा षड्यन्त्रकारीलाई परास्त गर्न सकिनेछ । भावी कार्य योजना प्रेमिकाले बढी नै मनपराउने छिन् ।

धनु : साता खर्चिलो रहनेछ । परिस्थितिसगँ सम्झैता गर्दा मन खिन्न हुन सक्छ । लगानिका अवसर आएता पनि सञ्चित धनको खर्च हुनेछ । आध्यात्मिक चिन्ताले मठ मन्दिरमा भ्रमण गर्न मन लाग्नेछ । ध्यान योग कसरत तर्फ उत्सुक हुदाँ मानसिक शान्तिमा टेवा पुग्नेछ ।

मकर : विविध नयाँ कार्य क्षेत्र पहिचान गरी सफलता समेत हात पार्दा देखासिकी गर्नेहरको मन लोभिनेछ । सोच विचार नगरी अरुलाई बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । साताको अन्त्यमा निला रंगहरू अवलम्बन गर्न सके थप चुनौति सामना गर्न सहज हुनेछ ।

कुम्भ : प्रतिकुल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन । तत्काललाई समस्या देखिए पनि आइतबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । नायाँ कार्य योजना देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । साताको अन्त्यमा पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ ।

मीन : आफ्नो क्षमताबाट जवाफदेही कार्य सम्पन्न गर्दा उचाइमा पुगिनेछ । सुखद पारिवारिक वातावरणलाई बाहिरी कुराले खलवल्याउँदा तथ्य कुरा पत्ता लगाउन सकिनेछ । खानपान फेरवदल हुँदा स्वास्थमा ध्यान राख्नु पर्ने छ । साताको अन्त्यमा गुप्त शत्रुहरूको हावी हुनाले ठुलाखाले योजना अघि नबढाए राम्रो हुनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार