free website hit counter

३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै शिखर

beemaadmin
२०७८ बैशाख ३०, बिहीबार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि बीमा समितिबाट अनुमति पाएको छ । कम्पनीले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्कासनका लागि बीमा समितिबाट स्वीकृत लिइ कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संसोधनका लागि पठाएको जनाएको छ ।

गत वर्ष कम्पनीले दिएको २७.७७ प्रतिशत बोनस सेयर कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भइ कम्पनीको चुक्ता पुँजी वृद्धि गरिए अनुसार नै हकप्रद सेयर निष्कासन गरिने भएको छ । चालू आर्थिक वर्षको ९ महिनासम्म शिखरले ३६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२६ प्रतिशतले बृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २७.९३ रुपैयाँ र प्रति सेयर कुल सम्पति मूल्य ३१२.८३ रुपैयाँ रहेको छ । शिखर इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ , जेगेडा कोषमा ६१ करोड ७६ लाख र महा विपत्ति कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार