free website hit counter

३ वर्षको प्रेमलाई विवाहमा परिणत गर्दै रमेश र नन्दा

beemaadmin
२०७७ मंसिर १६, मंगलवार

काठमाडौं । प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।

उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।

Advertisement
Advertisement

नन्दाले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन्। बाल्यकाकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन्।
संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ।

Advertisement
Advertisement

रमेशका साथी जीवनले भने जुनु तामाङसँग विवाह गर्दैछन्। रमेश र जीवन १२ वर्षदेखि सँगै बस्दै आएका छन्। आफ्नो मित्रतालाई कायम राख्दै उनीहरुले एकै मण्डपमा एकै दिन विहे गर्ने निर्णय गरेका छन्।

सम्बन्धित समाचार