free website hit counter

५० गुणा बढिले दिए आवेदन

beemaadmin
२०७७ फाल्गुन ४, मंगलवार

काठमाडौं । शेयर बजारमा सर्वसाधारणको चासो बढेसँगै आइपीओ र सेकेन्डरी मार्केटमा चहलपहल बढेको छ । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा १ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ ।

सोमबार बेलुकासम्ममा १२ लाख १ हजार ८९० हजार आवेदनबाट सो बराबरको शेयर माग गरिएको हो ।लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा एक करोड ८५ लाख ३५ हजार १०० कित्ता अर्थात १ अर्ब ८५ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणकालागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ४९.४२ गुणा बढि हुन आउँछ ।

Advertisement
Advertisement

लघुवित्तको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Advertisement
Advertisement

लघुवित्तको आईपीओमा फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ। लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार