काठमाडौं । ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्न अजोड इन्स्योरेन्स लिमिटेडले साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।