काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले बोनसपछि हकप्रद निष्काशन गर्ने भएको छ । ७ प्रतिशत बोनसपछि हकप्रद शेयर जारी गर्ने विषेश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारणसभा २०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्सालमा आह्वान गरिएको हो ।
कम्पनी सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३९ लाख ८६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । कम्पनी उक्त बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने गर्ने प्रस्ताव गरेको छ ।
साधारण सभाबाट १ को अनुपालमा ०.४ को दरले हकप्रद जारी गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ । बोनस पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।