काठमाडौं । राष्ट्रिय बीमा संस्थाले भदौको अन्तिम शनिबार एकै दिन तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । समितिको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन । बीमा समितिले आर्थिक वर्ष २०६६–६७, २०६७–६८ र २०६८–६९ को लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरे सँगै साधारणसभा गर्ने तयारी गरेको हो । संस्थान, बीमा समिति, महालेखा परिक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरिक्षण हुन सकिरहेको थिए । महालेखा परिक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाव मिलाउन तथा लेखापरिक्षण गर्न निर्देशन दिए पनि काम पुरा हुन सकेको थिए । यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरिक्षण सम्पन्नका लागि बाटो खुलाइएको थियो ।