free website hit counter

प्रहरीलाई अपहरणको सूचना दिएर युवतीसँग मस्ती

beemaadmin
२०७७ श्रावण ७, बुधबार

काठमाडौं। मान्छेले अपराध पनि कस्ता कस्ता गर्छन् सुनिसाध्ये छैन । अपहरण भएको भनि नाटक गर्ने एकजनालाई प्रहरीले होटलबाट पक्राउ गरेको छ। साउन २ गते प्रहरीमा परेको निवेदका आधारमा खोजी गर्दा काठमाडौंको नयाँ वसपार्क स्थित एक होटलबाट केटी सहित पक्राउ गरएको हो ।

यसरी पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ चुनदेवीका वर्ष ३० का शक्तिराज रेग्मि रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी अपराध व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक इश्वर कार्कीले दिएको जानकारी अनुसार अभियुक्त रेग्मीलाई प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरुको समेत दुरुपयोग भएको ठानी आवश्यक कारवाहीका लागि पक्राउ गरिएको हो।

रेग्मीले जग्गा व्यवसाय गर्छु भनि विभिन्न व्यक्तिहरुबाट करोडौं रुपयाँ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। त्यही काण्डबाट जोगिन आफू अपहरणमा परेको नाटक गरेर उनी होटलमा युवतीसँग मस्ती गरिरहेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार