free website hit counter

मेगा बैंकको नाफा डेढ अर्ब, निक्षेप संकलन र कर्जा प्रवाहमा प्रगति

beemaadmin
२०७७ श्रावण ३१, शनिबार

काठमाडौ । मेगा बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गण्डकी विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको मेगाको नाफा अघिल्लो आवको तुलनामा गत वर्षको नाफा घटेको छ । बैंकको नाफा ६ दशमलव ६९ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्षको चौथौ त्रैमासमा एक अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले गत वर्ष सोहि अवधिमा एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षको चौथो त्रैमाससम्म बैंकको सञ्चालन नाफा ७ दशमलव ७० प्रतिशतले घटेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा एक अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

बैंकले असारमान्तससम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ हजार निक्षेप संकलन गरेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा कम्पनीको निक्षेप संकलन ६२ दशमलव ५४ प्रतिशत र कर्जा प्रवाह ५८ दशमलव ३१ प्रतिशत बढेको हो । गण्डकीलाई प्राप्ति पश्चात् बैंकको चुक्तापूँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार