free website hit counter

कुन कुन हुन् ज्यानमारा स्यानिटाइजर

beemaadmin
२०७७ भाद्र ३१, बुधबार

काठमाडौं । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले थप ४ वटा ह्याण्ड स्यानिटाइजरमाथि प्रतिबन्ध लगाएको छ। चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको हो। ती स्यानिटाइजरमा तोकिएको मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको पाइएको र सो प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भएकाले सर्वसाधारणले प्रयोग नगर्न नराउन र त्यस्ता स्यानिटाइजरहरुको उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि विभागले सरोकारवाला निकायलाई सूचित गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार