काठमाडौं । आइतबार देशभर १ हजार ५ सय ७३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५७३ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ। हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ८८५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। गत २४ घण्टामा १० हजार १२३ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन्।
काठमाडौं उपत्यकामा ८०९ संक्रमित
काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २९४ महिला र ५१५ पुरुष गरी थप ८०९ कोरोना संक्रमित थपिएका हुन्। आज काठमाडौंमा ६३३ (२३० महिला, ४०३ पुरुष), भक्तपुरमा ७२ (२१ महिला, ५१ पुरुष), ललितपुरमा १०४ (४३ महिला, ६१ पुरुष) मा कोरोना पुष्टि भएको हो।