free website hit counter

कोरोना कहरकैबीचमा चिकित्सक संघले दियो सरकारलाई कडा चेतावनी

beemaadmin
२०७७ आश्विन १४, बुधबार

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै सत्याग्रहमा बसेका एउटा नागरिकको आवाज जब सरकारले सुन्दैन तब सबै क्षेत्र आन्दोलनमा होमिनु पर्ने अवस्था आउँछ । डा. गोविन्द केसीले उठाएका विषयलाई सरकारले नसुनेपछि सबै क्षेत्रबाट डा. केसीको जीवन रक्षाका लागि दबाव बढ्न थालेको छ ।
नेपाल चिकित्सक संघले डा गोविन्द केसीको अनसन र मागका विषयमा सरकारले कुनै पनि चासो नदिएको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ। संघले डा केसीको जीवन रक्षाका लागि संघले जस्तोसुकै कठोर कदम चाल्न सक्ने भन्दै सरकारलाई तत्कालै वार्ताद्वारा समाधान निकाल्न माग गरेको छ। संघले यसका लागि सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको पनि जनाएको छ। संघले वार्ताद्वारा समस्या समाधान नभएमा जुनसुकै समयमा पनि कठोर कदम चाल्न सक्ने र त्यसले गम्भीर अवस्था सिर्जना हुनसक्ने कुरामा पनि सरकाको ध्यानाकर्षण गरेको छ।
संघले डा केसीसँग सरकारले विगतमा १८ पटक सम्झौता गरेका कारण डा केसीका माग सरकारकै अंगका रुपमा स्थापित भइसकेकाले तत्कालै समस्या समाधान गर्न भनेको छ।

सम्बन्धित समाचार