free website hit counter

चहलपहलसँगै बढ्यो संक्रमण, काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ जनालाई कोरोना, ६० हजार बढी डिस्चार्ज

beemaadmin
२०७७ आश्विन १६, शुक्रबार

काठमाडौं । निषेधाज्ञा खुकुलो पारेर लामो दूरीका सवारी चलाउन थालेपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यसमा पनि उपत्यका सबैभन्दा बढी प्रभावित इलाकामा परेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन्।

यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ। काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ। २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार