free website hit counter

मन्त्रिपरिषद् पुनर्गठनमा ईश्वरको हातखुट्टा बाँधियो, अर्थमा विष्णु, रक्षा मन्त्रालय प्रमकै मातहतमा (सूचिसहित)

beemaadmin
२०७७ आश्विन २८, बुधबार

काठमाडौं । कोरोना कहरका नाममा कुम्ल्याएको आरोप खेपेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको हात खुट्टा बाँध्ने काम प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारमा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ। यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिलानाथ श्रेष्ठले पाएका छन्।

Advertisement
Advertisement

सहरी विकासमा कृष्ण गोपाल श्रेष्ठलाई ल्याइएको छ। सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ। यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार