free website hit counter

कालो सूचिमा प्रधानसेनापतिदेखि आईजीपीसम्म

beemaadmin
२०७७ आश्विन २९, बिहीबार

काठमाडौं । गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघमा आरोपितहरुको नाम सार्वजनिक भएको छ । संयुक्त रास्ट्र संघीय मानव अधिकार समितिमा तीन बर्षका निम्ति दोश्रो चोटि बिजय हासिल भएको तीन दिन नबित्दै राष्ट्रिय मानवअधिकार आयोगले आज द्वन्द्वकालका २ सय ८८ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको छ । तत्कालीन प्रधान सेनापति प्रज्वल समशेर राणा र प्यारजंग थापाको कार्यकालमा भैरवनाथ गणमा ४७ जना माओवादी बेपत्ता बनाएको घटनामा तत्कालीन प्रधान सेनापति नै जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख छ ।

आइजिपी कुवेरसिंह रानालाई धनुषाको तत्कालीन एसपी रहँदा जनकपुरमा बलपूर्वक बेपत्ता पारिएको घटनामा जिम्मेवार ठहराइएको छ । हाल निर्वाचन आयुक्त रहेका नरेन्द्र दाहाललाई पनि सिडियो हुँदा मानवअधिकार उल्लंघनकर्ताको बात लागेको छ । चिसापानी ब्यारेकका तत्कालीन सेनानी अजित थापाले ६ पटक मानवअधिकार उल्लंघन गरेको प्रतिवेदनमा उल्लेख छ । सोही ब्यारेककै क्याप्टेन रमेश स्वाँरले १० पटक मानवअधिकार उल्लंघन गरेको आयोगले जनाएको छ ।
तत्कालिन प्रमुख जिल्ला अधिकारीहरु, माओवादी जिल्ला कमाण्डरहरु पनि मानवअधिकार उल्लंघनकर्ताको सूचीमा छन् । उल्लंघनकर्ताहरुमा सबैभन्दा धेरै नेपाल प्रहरीका ९८ जना रहेका छन् । यस्तै नेपाली सेनाका ८५ जना, माओवादीका ६५ जना,निजामती कर्मचारी १६ जना, सशस्त्र प्रहरीका ८ जना मानवअधिकार उल्लंघनकर्ताको नाम आयोगले सार्वजनिक गरेको तालिकामा छ । अन्य विभिन्न सुराकी,प्रतिकार समूह,भारतीय सीमा सुरक्षाकर्मी एसएसबीसहित अन्य ७ जना पनि कालोसूचीमा छन् ।

क–कसले गरे मानवअधिकारकाे उल्लघन ?

सम्बन्धित समाचार