free website hit counter

२९४२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

beemaadmin
२०७७ कार्तिक २, आईतवार

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दो अवस्थामा रहेको छ । आइबार देशभर २ हजार ९४२ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ९४२ संक्रमित थपिएको जानकारी दिए।

नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ। हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ।

Advertisement
Advertisement

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ६९८ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार ४६९ , ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ। गत २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ८३१ जना क्वारेन्टिनमा रहेका छन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार