free website hit counter

आगो झोसेर घाइते भएका युवा अस्पतालबाटै हामफालेर ज्यान फाले

beemaadmin
२०७७ कार्तिक ३, सोमबार

काठमाडौं । शरीरमा आगो लगाएर घाइते भई अस्पताल भर्ना गरिएका एक जना युवक अस्पतालबाटै हामफालेर ज्यान फालेका छन् । सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेजबाट एक जनाले हाम फालेर आत्महत्या गरेका हुन्।

आज बिहान करिब ८ बजेर ४० मिनेटमा अस्पतालको तेस्रो तलाबाट खसेर २६ वर्षीय युवक रोशन खड्काको मृत्यु भएको हो।

Advertisement
Advertisement

सोलुखुम्बु घर भएका खड्का परिवार काठमाडौंको बानेश्वरमा डेरा गरी बस्दै आएको छ। आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी मानसिक रोगी भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार