free website hit counter

२२२५ कोरोना संक्रमित थपिँदा उपत्यकामै छ ११०१ जना, १३ जनाले ज्यान गुमाए

beemaadmin
२०७७ कार्तिक ८, शनिबार

काठमाडौं । कोरोना कहरबीच शुरु भएको दशैंको अष्टमीका दिन देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ। आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा ११०१
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०१ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।

थप १३ जनाको मृत्यु
नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २ हजार २ सय २५ भेटिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। कुल संक्रमितमध्ये ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार