free website hit counter

१३ हजार २३ को पीसीआर गर्दा २८२५ जनामा संक्रमण

beemaadmin
२०७७ कार्तिक १६, आईतवार

 

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ। आज १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। आज सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

उपत्यकामा थपिए १६२२ जना

Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप २३ जनाले ज्यान गुमाए

नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार