free website hit counter

२४ घण्टामा कति संक्रमित थपिए, कतिले ज्यान गुमाए, कति घर फर्किए, के छ उपत्यकाको अवस्था ?

beemaadmin
२०७७ कार्तिक २२, शनिबार

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमित हुनेक्रम घट्दो छ भने निको भएर घर फर्किनेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५१२ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १५४५५ पुगेको छ। ललितपुरमा २१९१ र भक्तपुरमा १२१६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ११५७०, ललितपुरमा १८०३ र भक्तपुरमा १७५० जना संक्रमित होम आइसोलेसनमा छन्। यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ।

Advertisement
Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्। आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०८७ पुगेको छ।

Advertisement
Advertisement

२२०६ जना कोरोनामुक्त
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा एक लाख ५५ हजार १ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३५ हजार ४ सय ३५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

१७ जनाको ज्यान गयो
नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार