free website hit counter

कोरोनाकै कारण २५ वर्षिया ल्याब टेक्निसियनको मृत्यु

beemaadmin
२०७७ कार्तिक २२, शनिबार

काठमाडौंं । कोरोना कहरको सबैभन्दा जोखिममा स्वास्थ्यकर्मी नै रहेका छन् । कोरोना भाइरस संक्रमणबाट प्रयोगशालाकर्मीको निधन भएको छ ।

झापा शिव सताछी नगरपालिका ६ की २५ वर्षकी ल्याब टेक्निसियन सृजना काफ्लेको निधन भएको मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का पूर्वअध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँ शिव सताछी डायग्नोष्टिक सेन्टरमा कार्यरत हुनुन्थ्यो । नोवल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा काफ्लेको आज निधन भएको रिजालले बताउँनुभयो । नेपालमा कोरोना संक्रमणबाट प्रयोगशालाकर्मीको मृत्यु भएको यो पहिलोपटक हो । यसअघि कोरोनाबाट एक डाक्टर, ५ जना नर्स तथा २ स्वास्थ्यकर्मीको निधन भइसकेको छ ।

सम्बन्धित समाचार