free website hit counter

अमेरिकामा यसअघि पनि सत्ता छाडेका थिएनन् हारेका राष्ट्रपतिले

beemaadmin
२०७७ कार्तिक २६, बुधबार

एजेन्सी । अमेरिकी जनताले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरे पनि सत्ता नछाड्ने अडानमा मात्रै छैनन्, सत्ता छाड्नु पर्ने बेलामा उल्टै रक्षा मन्त्रीलाई बर्खास्त गर्दैछन् । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । अब उनले आगामी जनवरी २० मा शपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्नेछन् । त्यतिबेलासम्म अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नै राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् । चुनाव प्रचारको क्रममा राष्ट्रपति ट्रम्पले आफू पराजित भएमा कानुनी बाटो रोज्ने र सहजै पद हस्तान्तरण नगर्ने बताएका थिए । उनको यो भनाइका आधारमा यदि उनले पद छोड्न अस्वीकार गरे भने के होला भन्ने विषयमा अहिले धेरैको चासो बढेको छ ।
अमेरिकामा बहालवाला राष्ट्रपतिले पराजित भएपछि पद हस्तान्तरण गर्न नमानेको घटना २२० वर्षअगाडि नै भइसकेको छ । घटना सन् १८०० को हो । अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वाशिङटले दुई कार्यकाल पूरा गरेपछि १७९७ मा राष्ट्रपति निर्वाचित भएका जोन एडम्स सन् १८०० मा दोस्रो कार्यकालका लागि चुनाव लडेका थिए । उनी जर्ज वाशिङटनको कार्यकालमा उपराष्ट्रपति थिए । तर, १८०० मा भएको निर्वाचनमा उनी पराजित भए । उनका प्रतिद्वन्द्वी थोमस जेफरसनले चुनाव जिते । चुनाव हारेपछि जोन एडम्सले पद हस्तान्तरण गर्न मानेनन् । त्यसपछि यस्तो भयो जसको कसैले कल्पना पनि गरेका थिएनन् । २० जनवरी १८०१ मा थोमस जेफरसनको शपथ ग्रहण समारोहमा पनि जोन सहभागी भएनन् । ह्वाइट हाउसका कर्मचारी पनि शपथ ग्रहण समारोहमा गएनन् । यही कारण २० जनवरीमा लेखिनुपर्ने मिड डे रुल्स पनि लेख्न सकिएन । यो त्यही दिन हो जुन दिन अमेरिकाको बहालवाला राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई कार्यभार सुम्पिन्छन् ।
जोन भने आफ्नो अडानबाट पछि हट्न मानेनन् । उनले ह्वाइट हाउस पनि छोड्न मानेनन् र आफ्नो कार्यभार पनि थोमसलाई सुम्पिन मानेनन् । यस्तो स्थितिमा उनलाई ह्वाइट हाउसबाट बाहिर निकाल्ने कामको सुरुवात उनकै कर्मचारीले गरे । उनका कर्मचारीले उनको कुरा सुन्न छाडे । सबै सुरक्षा हटाइयो र आधिकारिक संचार प्रणाली काटियो । राष्ट्रपतिका कर्मचारीहरुले उनीसँग आदेश लिन बन्द गरे र राष्ट्रपति कार्यालय पनि हटाइयो । हारेपछि पनि ह्वाइट हाउस नछाडेका जोनलाई सेना, सिआइए, एफबीआइ र ह्वाइट हाउस स्टाफले बेवास्ता गर्न थाले । आफूलाई अपमानित भइरहेको देखेपछि अन्ततः जोनले हार स्वीकार गरे । आधिकारिक रुपमा उनले ४ मार्च १८०१ मा मात्रै थोमसलाई कार्यभार सुम्पिए ।
अहिले पनि ट्रम्पले कार्यभार सुम्पिन अस्वीकार गरेमा सिक्रेट सर्भिसेजले आफ्नो प्राथमिकता ट्रम्पसँगै बाइडेनतर्फ केन्द्रित गर्न सक्छ । सीआइएले ट्रम्प र बाइडेन दुवैलाई ब्रिफिङ गर्न सुरु गर्न सक्छ । सीआइएको काउन्टर इन्टेलिजेन्स टिम जो सीआइएको लागि जासुसी गर्छ उनीहरुले दुवैलाई ब्रिफिङ गर्न थाल्न सक्छन् । ह्वाइट हाउसका कर्मचारी आफ्नो नयाँ राष्ट्रपतिको हिसाबले काम सुरु गर्न सक्छन् । २० जनवरी मध्य दिनपछि ह्वाइट हाउसका कर्मचारीले पुरानो राष्ट्रपतिको सामान बाहिर निकालेर नयाँ राष्ट्रपतिको सामान कसैको अनुमति बिना भित्र ल्याउन सक्छन् ।
जनवरीदेखि ट्रम्पको पारिश्रमिकबाट ह्वाइट हाउसको भाडा काटिन बन्द हुनेछ । जनवरीदेखि नै बाइडेनको राष्ट्रपतिको पारिश्रमिक आउन सुरु हुनेछ र ह्वाइट हाउसको भाडा बाइडेनको तलबबाट काटिनेछ । २० जनवरी मध्य दिनपछि मेलानिया ट्रम्प ह्वाइट हाउसकी बोस रहने छैनन् । उनको स्थानमा ह्वाइट हाउसका कर्मचारीले डा। जिल बाइडेनलाई आफ्नो बोस मान्न सक्छन् । २० जनवरी मध्य दिनदेखि राष्ट्रपतिका सबै आधिकारिक संचार प्रणाली ट्रम्पसँगबाट हटाइनेछ । पेन्टागन, सीआइए, अटर्नी जनरल, सिक्रेट सर्भिसेज र अधिकारीहरुले पुरानो राष्ट्रपतिलाई गार्ड दिनुभन्दा पहिलेसम्म संवाद जारी राख्नेछन् । बिस्ट र एयरफोर्स वनले ट्रम्पलाई सेल्युट गर्छन् र आफ्नो फोकस बाइडेनतर्फ गर्छन् । बिस्टले बिना कसैको अनुमति बाइडेनको रगतको नमूना लिनेछ । यस्तो २ सय वर्षदेखि चलिआएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार