free website hit counter

महिला प्रेमी म्याराडोनाको सम्पत्तिमा १६ जनाको दाबी

beemaadmin
२०७७ मंसिर २५, बिहीबार

एजेन्सी । झुपडीमा हुर्किएर अरवौंको मालिक बनेका डिएगो म्याराडोनाको ३७ मिलियन पाउन्ड सम्पत्तिलाई लिएर आफन्तहरुबीच विवाद सुरु भएको छ । सम्पत्तिको हिस्सेदारी माग्दै अहिलेसम्म कम्तिमा १६ जनाले दाबी पेश गरिसकेका छन् । इतिहासकै सर्वोत्कृष्ट फुटबलरमध्ये एक म्याराडोनाको हृदयघातका कारण गत महिना निधन भएको थियो । उनले आफ्नो सम्पत्ती कसले पाउने भन्ने विषयमा कुनै इच्छा व्यक्त गरेका थिएनन् । कानूनतः म्याराडोनाका पाँच छोराछोरी छन् । यद्यपी, विभिन्न महिलासँगको प्रेम सम्बन्धबाट उनका थप ७ छोराछोरी जन्मिएको बताइन्छ । यी धेरैजसोले म्याडोनासँग भेट्ने अवसर समेत पाएका छैनन्, म्याराडोनाले उनीहरुलाई कहिल्यै वैधानिक रुपमा छोराछोरी मानेनन् । यसबाहेक म्याराडोनाका पाँचमध्ये चार दिदीबहिनीले पनि सम्पत्तिमा आफ्नो हिस्सेदारी खोजेका छन् ।
अर्जेन्टिनाको राजधानी ब्युनोर्स आयर्सस्थित स्रोतले बेलायती पत्रिका द सनसँग भनेको छन्, ‘म्याराडोनाको सम्पत्ति हत्याउने लडाइँ केवल प्रतिस्पर्धा होइन, विश्वकप नै बन्ने देखिन्छ ।’
म्याराडोनाको नाममा स्वीट्जरल्यान्ड, दुुबई र ब्युुनोर्स आयर्सका विभिन्न बैंकमा पैसा छ, त्यस्तै विश्वका विभिन्न देशमा उनको सम्पत्ति छ र उनीसँग विलासी गाडीहरु पनि थिए । त्यस्तै, कोकाकोला र पुमाजस्ता ठूला ब्रान्डसँगको सम्झौताबाट पनि म्याराडोनाले राम्रो रकम पाएको देखिन्छ ।  म्याराडोनाले २०१२ मा आफूले सम्पत्ति दिन चाहेको व्यक्तिको नाममा कागज गरेपनि त्यसलाई चार वर्षपछि च्यातेको स्रोत बताउँछ । अर्जेन्टिनाको कानूनमा सबै छोराछोरीलाई समान अधिकार दिनुुपर्ने र कसैलाई छुुट्टाउन नहुने उल्लेख छ ।
स्रोत भन्छ, ‘म्याराडोनाले यसैलाई सम्पत्ति दिन्छु भनेर मृत्युुपूर्व इच्छापत्र नबनाएकाले म्याराडोनासँग नजिक रहेका छोराछोरी र उनीसँग कहिल्यै नभेटेका छोराछोरीले पनि उनको सम्पत्तीमा बराबरी हिस्सेदारीको दाबी पेश गर्न पाउँछन् । यद्यपी, म्याराडोनासँग वर्षौंदेखि सँगै रहेका छोराछोरीका लागि यो कुरा अस्वीकार्य हुनसक्छ र उनीहरुले आफू ठगिएको महसूस गर्नसक्छन् ।’
आफ्नो पहिलो श्रीमती क्लाउडिया भिल्लाफानेतर्फका दुुई छोरीहरु डाल्मा नियरा र जेनिन्ना डिनोरासँग म्याराडोना सबैभन्दा नजिक थिए । यद्यपी, आफ्नो जीवनभर उनी धेरै महिलासँग प्रेम सम्बन्धमा रहे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार