एजेन्सी । महिला हिंसाका घटना विश्वव्यापी रुपमा बढिरहेको छ । त्यसमा पनि छिमेकी देश भारतमा बलात्कार र हिंसाका घटना निकै डरलाग्दो गरी बढिरहेको छ । बलात्कार जस्तो जघन्य अपराधमा मृत्यु दण्डको व्यवथा भए पनि भारतमा डरलाग्दा बलात्कार घटना घटिरहेका छन् ।
घरमा जानकारी नदिई साथीकहाँ गएकी किशोरीलाई १३ दिनसम्म बलात्कार गरिएको हो । साथीकहाँ गएकी ती किशोरीले त्यहाँ एक युवकलाई भेटेकी थिइन् । ती युवकले उनलाई आफूसँग लिएर गए र लगातार बलात्कार गरे ।
त्यसपछि उनले ती किशोरीलाई आफ्ना साथीहरुलाई सुम्पिदिए । त्यसपछि ती साथीहरुले उनलाई लगातार बलात्कार गरिरहे । १३ दिनसम्म ती किशोरी ८ जनाबाट बलात्कारको शिकार भइरहिन् ।
घटना भारतको छत्तसिगढको बलरामपुर जिल्लामा भएको भारतीय मिडियाले जनाएका छन् । राजपुर थाना क्षेत्रमा भएको घटनाका सबै आरोपीहरु पक्राउ परिसकेको बताइएको छ । ६ जना आरोपीहरु नाबालिग भएको समाचारमा जनाइएको छ ।
ती किशोरी २० नोभेम्बरका दिन घरमा नभनी साथीलाई भेट्न गएकी थिइन् । त्यहीँ एक युवकसँग भेटेर उनीसँग गएकी किशोरीलाई ती युवकले पहिले आफूले बलात्कार गरेर साथीहरुलाई सुम्पिदिएका थिए । यता छोरी बेपत्ता भएपछि परिवार निकै तनावमा थिए । उनीहरुले छोरीलाई आसपास आफन्तकहाँ खोज्दा नभेटेपछि पुलिसमा रिपोर्ट गरेका थिए ।
पुलिसले टिम बनाएर किशोरीको खोजी गरिरहेका थिए । यही क्रममा सुराकीका आधारमा पुलिसले ५ डिसेम्बरमा उनलाई अम्बिकापुर जिल्लाको सरगुजामा फेला पारे । पीडित किशोरीले पुलिसलाई १३ दिनसम्म अलग अलग ठाउँमा ८ जनाले बलात्कार गरेको बयान दिएकी थिइन् । पुलिसले पीडितको बयानका आधारमा सबै आरोपीलाई पक्राउ गरेको छ ।