free website hit counter

बिहे मण्डपमै प्रहरीको हमला, रिसाएका बेहुला साली लिएर बेपत्ता

beemaadmin
२०७७ मंसिर ३०, मंगलवार

एजेन्सी । मंसिर सकियो, विवाहको लगन पनि सकियो । बिहेका बेला हुने अनौठा घटनाले मानिसलाई आश्चर्यमा पार्ने गरेका बेला विवाहमा बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रोकिदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनीकै अपहरण गरेका छन् ।

पुलिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अपहरित बालिकाको पनि उद्धार गरेको छ । अपहरणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले पक्राउ गरेको छ । अपहरणकारी बेहुला भने फरार भएका छन् । टाइम्स अफ इण्डियाका अनुसार भारतको मध्य प्रदेशको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको विवाह हुँदै गरेको सूचना पाएपछि सक्रिय पुलिस र महिला तथा बालविकास विभागले किशोरीको उद्धार गरेका हुन् ।

परिवारलाई सम्झाइबुझाइ गरेर किशोरीलाई पुलिस थाना ल्याइएको थियो । तर, यो विवादका बीचमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हालिदिए । पुलिस र प्रशासनले स्वास्थ्य परीक्षण गराएर किशोरीलाई मुरैनाको वन स्टप सेन्टरमा राखेको छ ।

बिहे रोकिएपछि रिसाएका बेहुला आफ्नी महिला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए । त्यसपछि उनले बेहुलीकी १२ वर्षकी बहिनीलाई बिहे गर्ने उद्देश्यका साथ जबरजस्ती साथमा लिएर गए । यसको जानकारी पाएलगत्तै पुलिसले खाजी गरी अपहरित बालिकालाई उद्धार गरे । पुलिसले अपहरित बालिकाका पिताको उजुरीमा अपहरण तथा बालविवाह अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

सम्बन्धित समाचार