free website hit counter

राजधानीमा डरलाग्दो हत्याकाण्ड, श्रीमान बेडमा मृत, श्रीमती झुन्डिएको अबस्थामा, सिलौटोमा रगत लत्तपत्त

beemaadmin
२०७७ पुष २५, शनिबार

काठमाडौं । राजधानीमा एउटा डरलाग्दो हत्याकाण्ड भएको छ । काठमाडौंको टोखामा एक दम्पति मृत अबस्थामा फेला परेका छन्। शुक्रवार पौने ९ बजे टोखास्थित ग्राण्डी भिलामा उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अबस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए।

उमेश केही समयअघि मात्र अमेरिकाबाट फर्किएका थिए। श्रीमान श्रीमतीबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उमेशको शिररमा चोट पटक देखिएको छ। घटनास्थल नजिकै रगत लागिएको सिलौटो समेत भेटिनुले थप शंका जन्माएको हो।

श्रीमतीले श्रीमानको हत्या गरेर आफुले आत्महत्या गरेको जस्तो देखिएको छ, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। कोठाभित्रबाट बन्द भएकाले पनि घटनामा बाहिरको मानिसको संलग्नता हुन नसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

एक जनाको शरिरमा चोटपटक र अर्को जना झुन्डिएकाले घरभित्र नै भएको अनुमान प्रहरीले गरेको छ। शवलाई पोष्टमार्टको लागि त्रिवि शिक्षण अस्पताल महाजगंज पठाएको परिसरका डिएसपी विष्टले जानकारी दिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार