free website hit counter

छिमेकतिर शुरु कोरोनाविरुद्धको खोप अभियान

beemaadmin
२०७७ माघ ३, शनिबार

नयाँ दिल्ली । विश्वका धेरै मुलु्क आफ्ना नागरिकलाई बचाउने कोरोना खोपको अभियानमा लागिसक्दा नेपालमा भने राजनीतिक घोटपेच शुरु भएको छ । भारतले कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध खोप अभियानको उद्घाटन गरेका हुन्। एक सरसफाई कर्मचारी कोभिडविरुद्धको भ्याक्सिन पाउने पहिलो भारतीय नागरिक बनेका छन्।

प्रधानमन्त्री मोदीले शनिबार बिहान देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘हामी विश्वको सबैभन्दा ठूलो खोप अभियानको सुरुवात गर्दैछौं र यसले विश्वलाई हाम्रो क्षमता देखाउँछ।’  प्रधानमन्त्री मोदीले डाक्टर, नर्स र अन्य अंग्रपक्तिमा खटिने कर्मचारीले ‘अध्यारोमा समयमा उज्यालो’ देखाएको भन्दै प्रशंसा समेत गरेका थिए। खोपको सुरक्षा बारेमा हुने कुनै पनि प्रचार र हल्लामा विश्वास नगर्न उनले सबैलाई आग्रह गरेका छन्। ‘यी खोपको स्वीकृति वैज्ञानिक र विशेषज्ञहरुले सुरक्षाका बारेमा सन्तुष्ट भएपछि मात्र दिइएको छ। म सबैलाई भन्न चाहन्छु कुनै पनि हल्लामाव विश्वास नगर्न आग्रह गर्छु,’ मोदीले भने।

Advertisement
Advertisement

कोभिडविरुद्धको उक्त भ्याक्सिन १ अर्ब ३० करोडभन्दा बढी मानिसलाई लगाउने तयारी भारत सरकारले गरेको छ। संयुक्त राज्य अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा छन्। भारतले स्वीकृत गरेका दुई भ्याक्सिन कोभिसिल्ड र कोभाक्सिनको लाखौं डोजहरु खोप अभियान सुरु गर्न विभिन्न क्षेत्रमा पठाइएको थियो।

Advertisement
Advertisement

पहिलो चरणमा १० करोड स्वास्थ्यकर्मीहरुलाई खोप दिने भारतको तयारी छ। त्यसपछि प्रहरी, सैनिक, नगरपालिका र अन्य अंग्र पंक्तिका कर्मचारीहरुलाई खोप लगाइनेछ। कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुपछि ५० वर्ष उमेर माथि र ५० भन्दा मुनि जटिल स्वास्थ्य समस्या भएकाहरुलाई खोप दिने भारतीय सरकारको योजना छ। मतदाता सूचीमा भएका ९ करोड मतदाताको विवरणको उपयोग गरी खोप पाउनेहरुको पहिचान गर्ने भारतीय सरकारले जनाएको छ। अगस्टको सुरुवातसम्म तीन करोड मानिसलाई भ्याक्सिन लगाउने योजना सरकारको छ। खोप लगाउने कार्यक्रम राज्यद्वारा सञ्चालित स्वास्थ्य सेवा केन्द्र, विद्यालयहरु, कलेज, सामुदायिक हल, नगरपालिका कार्यालय र विवाह हलहरुमा हुनेछन्।

भ्याक्सिनको पहिलो डोज दिन भारतका अधिकांश अस्पतालहरु तयार छन्। खोप पाउने स्वास्थ्यकर्मीहरुको नाम वर्णमाला अनुसार छनोट गरिएको छ। जसको ए, बी बाट नाम सुरु हुन्छ, तिनै स्वास्थ्यकर्मीहरुले पहिले भ्याक्सिन पाउनेछन्। दुवै खोपहरु इन्जेक्सनको रुपमा दिइनेछ। खोप अभियान सञ्चालनका लागि भारतले ६ लाख बढीलाई प्रशिक्षण दिएको छ।

सम्बन्धित समाचार