free website hit counter

मेगा बैंकले दिने भयो इन्जिनियरहरुलाई बिना धितो १५ लाख ऋण र १० लाखको दुर्घटना बीमा

beemaadmin
२०७७ माघ ८, बिहीबार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एसोसिएशनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एसोसियशनका अध्यक्ष इन्जिनियर प्रा डा त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार, इन्जिनियर्स एसोसियशनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको मेगाले जनाएको छ ।
यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

सम्बन्धित समाचार