free website hit counter

यसै साताबाट कारोबारमा आउँछ इन्फ्रास्ट्रक्चर बैंकको शेयर

beemaadmin
२०७७ माघ २५, आईतवार

काठमाडौं । इतिहासमै सबैभन्दा ठूलो आइपीओ जारी गरेको कसैको पनि हात खाली नगरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यसै साताबाट कारोबारमा आउने भएको छ। बैंकको शेयर सूचीकरणको सबै प्रकृया सकिएर नेप्से पुगेको छ।

त्यस अनुसार बैंकको शेयर अब नेप्सेमा सूचीकृत भएर कारोबारमा आउने भएको हो। बैंकको शेयर सूचीकरणका आवश्यक सबै कागजपत्र आइसकेको जनाउँदै नेप्सेले कागजपत्र अध्ययन गरेपछि सूचीकरणका लागि सम्झौता हुने बताएको छ। नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धि सम्झौता भएपछि शेयर सूचीकरण भएको एक दिन पछि कारोबार शुरु हुनेछ।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार