काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय अत्तरियाले बीमित अर्जुन चौधरीकी श्रीमति विमला थारुलाई १६ लाख ३६ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानीबापतको चेक हस्तान्तरण गरेको हो ।
चौधरीले २०७७ असोज १२ गते सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबाट ८ लाखको २० वर्षे अवधिको बीमा पोलिसी लिएका थिए । चौधरीको गत मंसिर ९ गते दुर्घटनामा परी मृत्यु भएको थियो ।
उक्त दाबी भुक्तानी रकम गोदावरी गाउँपालिका ४ का अध्यक्ष, वडा सदस्य समाजका अग्रज व्यक्तित्वहरुको उपस्थितिमा सानिमा लाइफका प्रदेश ७ का प्रदेश प्रमुख गणेशप्रसाद उप्रेतीले हस्तान्तरण गर्नुभएको थियो ।
तिमिल्सिनाले सानिमा लाइफ छिटो टरितो बीमा सेवा प्रदान गर्न तत्पर रहेको ७० बोनश रहेको तथा सामान्य अवस्थामा २ गुणा र दुर्घटना भएको अवस्थामा ३ गुणा बीमाङ्क रकम दिने एक मात्र शुभलक्ष्मी पोलिसी भएकाले यो बीमालेख गरिद गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।