free website hit counter

गुराँस लाइफसहित ११ कम्पनीको सेयर कारोबार रोकियो

beemaadmin
२०७७ माघ २७, मंगलवार

काठमाडौं । गुराँस लाइफसहित ११ कम्पनीको सेयर कारोबार किन रोकिएको छ । नेपाल स्टक एक्स्चेञ्जले इन्स्योरेन्स, माइक्रोफाइनान्स, हाइड्रो लगायत ११ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । नेप्सेले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन नेपाल धितोपत्र बोर्डमा पेश नगरेको भन्दै धितोपत्र सूचीकरण विनियमावलीमा रहेको व्यवस्था अनुसार यी कम्पनीको दोश्रो बजारमा सेयर कारोबार बन्द गरिदिएको हो ।

नेप्सेले माघ २६ गते एक सूचना मार्फत ११ कम्पनीको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो । जसमध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् ।

कारोबार रोक्का भएका ११ कम्पनीमध्ये ७ जलविद्युत, १ बीमा र ३ लघुवित्त कम्पनी रहेका छन् । जलविद्युत अन्तर्गतका नेपाल हाइड्रो डेभलपर, युनिभर्सल पावर कम्पनी, पन्चकन्या माई हाइड्रोपावर, रैराङ हाइड्रोपावर डेभलपमेन्ट, पाँचथर पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र राधि विद्युत कम्पनीको कारोबार रोक्का भएको छ ।

त्यस्तै, बीमा कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का भएको छ । त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि अघिल्लो आवको वित्तीय विवरण बुझाएका छैनन् ।

दोश्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । नेप्सेले कम्पनीको सम्पूर्ण विवरण बुझाएपछि मात्रै सो कम्पनीको सेयर कारोबार फुकुवा गर्ने बताएको छ । यद्यपि, विवरण नबुझाएसम्म सेयर कारोबार बन्द नै हुने नेप्सेले जानकारी गराएको छ ।

सम्बन्धित समाचार