free website hit counter

रिलायवल नेपाल लाइफको सबै सूचांकमा प्रगति, खुद बीमा शुल्कसँगै बढ्यो नाफा

beemaadmin
२०७७ माघ २८, बुधबार

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायवल लाइफ इन्याेरेन्स कम्पनीका सबै सूचाकंमा प्रगति देखिएको छ । कम्पनीले सो अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा ८६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क ७८ प्रतिशतले बढेको छ। यसै चालु आथिक वर्षको ६ महिनाको अवधिमा यस्तो आर्जन ७४ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन ६६ करोड रुपैयाँ आर्जन गरेको थियो।

समिक्षा अवधिमा ३४.२६ प्रतिशतले खुद मुनाफा आर्जन बढाउन सफल कम्पनीले दोस्रो त्रैमासभित्र १७ करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो। कर्जा लगानी तथा अन्य आयमा पनि उल्लेख्य सुधार गरेको छ। समिक्षा अवधिमा १७ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको हो। गत वर्षको यहि अवधिमा ६ करोड ४५ लाख रुपैयाँ मात्रै थियो।

Advertisement
Advertisement

खुद दाबी भुक्तानी ३० करोड ८२ लाख रुपैयाँ छ। गत वर्षको यहि अवधिमा १३ करोड ८७ लाख रुपैयाँ मात्रै थियो। हालसम्मको कुल दाबी भुक्तानी भने ३१ करोड ४५ लाख रुपैयाँ छ। कम्पनीको हाल कायम रहेको कुल पोलिसी संख्या भने २६ लाख ७८ हजार वटा रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार