काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज सम्पन्न हुँदैछ । कम्पनीको बिसौँ वार्षिक साधारण सभा आज माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरू भएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुँदैछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले, माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पेश हुँदैछ । यस प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।