free website hit counter

पासो लगाउनुअघिको अन्तिम पोष्ट

beemaadmin
२०७७ माघ ३०, शुक्रबार

एजेन्सी । अमेरिकी टिकटक स्टार डेझरिया शेफरले इन्स्टाग्राममा आफ्नो अन्तिम भिडियो पोस्ट गरेपछि आत्महत्या गरेकी छिन् । उनले इन्स्टाग्राम स्टोरिजमा भिडियो पोस्ट गर्दै लेखिन्, ‘मलाई थाहा छ, म तपाईंहरु सबैलाई दुःख दिइरहेकी छु र यो मेरो अन्तिम पोस्ट हो ।’ डेझरियाको टिकटकमा Bxbygirlldee नामको अकाउन्ट थियो । जसमा उनका लाखौं फलोअर्स थिए र युट्युब र इन्स्टाग्राममा १ लाख फलोअर्स थिए । डेझरियाले सोमबार बताए अनुसार उनलाई जानकारी नै नदिइ उनलाई टिकटकमा ब्लक गरियो ।

डेझरियाका आमा–बुवाले फेसबुक पोस्ट सेयर गर्दै उनको आत्महत्याबारे जानकारी दिएका थिए । उनका पिता जोसेफले उनकी छोरी उनको सबैभन्दा मिल्ने साथी भएको र उनको अन्तिम संस्कार गर्न कुनै पनि हालतमा तया नभएको बताएका छन् । उनले भने, ‘उनले मसँग आफ्नो तनाव र विचारबारे कुरा गर्नुपर्दथ्यो । हामी केही गर्न सक्थ्यौं । जब हामी घर फर्कन्छौं तब त्यहाँ तिमी हामीलाई प्रतिक्षा गरिरहेको हुनेछैनौं ।

म ती सबैलाई धन्यवाद भन्न चाहन्छु जसले मेरी छोरीलाई प्रेम र समर्थन दिनुभयो ।’ डेझरियाकी आमाले भनिन्, ‘म निकै हतोत्साहित भएकी छु । म साँच्चै नै यो विश्वास नै गर्न सकिरहेको थिइनँ किनभने उनको चुलबुले पनका कारण हामी सबैसँग ठट्टा गरिरहेको हो कि भन्ने मलाई लागिरहेको थियो, तर यस्तो होइन रहेछ । रेस्ट इन पिस, मेरी परी । सबैले हाम्रो खराब समयबारे कुरा गर्छन् तर कसैले पनि हाम्रो राम्रो समयबारे कुरा गर्दैनन् ।’

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार