काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई एडभाइजर वा सल्लाहकारको रुपमा सम्बोधन गर्ने भएको छ । यस्तो अभ्यास छिमेकी मुलुकहरुमा पनि भइरहेको देखिन्छ । एजेन्ट वा एडभाइजर, एजेन्सी म्यानेजर र विभिन्न क्लब टपरको संज्ञा दिइने बीमा बजारको विशेषता नै हो ।
फागुन १ गते काठमाडौंको बसुन्धारामा रहेको यति ब्याङ्क्वेटमा कम्पनीका कार्यकारी अधिकृत अगम मुखिया, डीजीएम चुडामणि चापागाई, चिफ म्यानेजरहरु गुणराज श्रेष्ठ र गणेश चौलागाईले कम्पनीको स्थिति र बीमालेखहरुको बारेमा चर्चा गरेर अभिकर्ताहरुलाई मोटिभेसन तालिम प्रदान गर्नुभएको थियो । ५ घण्टासम्म चलेको सो कार्यक्रममा करिब ६ सय अभिकर्ताको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको आकर्षण भनेको वार्षिक धनफिर्ता बीमा योजना, घातक रोगको उपचार खर्च र परिवारमा आइपर्ने भवितव्य र आर्थिक भारलाई वा जोखिमलाई बीमा कम्पनीले कसरी हस्तान्तरण गर्ने भन्ने थियो ।
साथसाथै अभिकर्ताले कसरी सफलता हासिल गर्न सक्छन् ? आफ्ना सम्भावित ग्राहक को हुन सक्छन् ? भन्ने बजार व्यवस्थापनसम्बन्धी ज्ञान पनि दिइएको थियो । कार्यक्रममा अभिकर्ताहरुले पाउने कमिशन, इन्सेन्टिभ र अन्य सुविधाको पनि चर्चा गरिएको थियो ।