free website hit counter

पुनर्बीमा कम्पनीले दियो १ अर्ब, कोरोना बीमा भुक्तानीले गति लिने

beemaadmin
२०७७ फाल्गुन ४, मंगलवार

काठमाडौं । कोरोना बीमिति समयमै कोरोना बीमाको भुक्तानी नपाएको गुनासो अझै साम्य हुन नसकेको बेला कोरोना बीमाको लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागमा परेको १ अर्ब रुपैयाँ दिएको छ ।

दाबी भुक्तानीको लागि रकम कम भएको कारण पनि बिमितले समयमै रकम नपाएपछि समितिले ताकेता गरी पुनर्बीमा कम्पनीलाई रकम हाल्न लगाएको हो । पुनर्बीमा कम्पनीले हाल्नुपर्ने सबै रकम अब हालिसकेको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिएका छन् । समितिले पुलमा हाल्नुपर्ने रकम पनि हाल्ने तयारी थालेको छ ।

समितिले १ अर्ब रुपैयाँ पुलमा हाल्ने भनिएको छ । कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिले दिएको जानकारी अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब १ अर्ब रुपैयाँ उठेको छ ।
त्यसपछि निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले आफ्नो महाविपत्ती कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको छ । यस्तो रकम पनि करिब १ अर्ब रुपैयाँ हुने भनिएको छ ।

त्यसपछिको १ अर्ब रुपैयाँको दाबी भुक्तानीको लागि पुनर्बीमा कम्पनी र त्यसपछिको १ अर्ब रुपैयाँको दाबी भुक्तानीको लागि बीमा समितिले रकम प्रदान गर्ने भनिएको छ । सोभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व व्यहोर्ने भनिएको छ ।

सम्बन्धित समाचार