free website hit counter

गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’

beemaadmin
२०७७ फाल्गुन ८, शनिबार

काठमाडौं । गरिमा विकास बैंकले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो सेयर बचत खाता’ सार्वजानिक गरेको छ ।
यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५ सयमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सक्नेछन् ।

पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्ने बैङ्ले जनाएको छ । कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो सेयर बचत खाता’मा आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ ।

Advertisement
Advertisement

जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्देश्य रहेको यस बैंककका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

Advertisement
Advertisement

सम्बन्धित समाचार