काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आथिर्क वर्ष २०७५–७६ को लागि बोनस दर सार्वजनिक गरेको छ । सार्वजनिक बोनस दरअनुसार अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने भएको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट फागुन ३ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमांकका रकममा वोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । सावधिक जीवन बीमालेख र सावधिक – अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार २६ रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् । यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि बीमितले २६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।
वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्रर्गतका सबै अविधमा बीमालेखमा १३ रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ । उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूणर् वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।